ब्रिसबेनमा पुनः सुन पसल लुटपाट, संचालक गम्भीर घाइते

ब्रिसबेनको चर्मसाइडमा रहेको Shree Ganesh Jewellers मा मंगलबार साँझ लुटेराहरूले आक्रमण गरी ठूलो परिमाणमा गहना लुटेका छन्। चार जना अनुहार छोपेका लुटेराहरू ह्याम्मर र फलामको रड बोकेर पसलभित्र पसेका थिए।
पसल सञ्चालक बिजय सुनारमाथि बारम्बार ह्याम्मर प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। उनलाई Royal Brisbane and Women’s Hospital लगिएको थियो, जहाँ मस्तिष्कमा जमेको रगत निकाल्न आपत्कालीन शल्यक्रिया गरिएको हो। हाल उनी स्थिर अवस्थामा छन्।

Advertisement

घटनाको समयमा उनकी पत्नी समिता सुनार पनि पसलमै थिइन्, तर उनी सकुशल रहेकी छन्।
लुटेराहरूले महिला ग्राहकको पर्खाइमा बसेर ढोका खुल्नेबित्तिकै जबर्जस्ती पसलभित्र पसेका थिए। उनीहरू चोरीको ग्रे रंगको Honda CR-V स्टेसन वागनमा फरार भएका छन्। हालसम्म कसैलाई पक्राउ गरिएको छैन।

झण्डै एक महिनाअघि ब्रिसबेनकै अर्को नेपाली सुनचाँदी पसलमा पनि यस्तै लुटपाट भएको थियो। दोहोरिंदै गएका यस्ता घटनाहरूले नेपाली समुदायमा असुरक्षा र चिन्ता बढाइरहेका छन्। NRNA क्वीन्सल्याण्डले दोषीलाई चाँडै पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै, सबैलाई सतर्क रहन आग्रह गरेको छ।

spot_img