अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील आयातमा कर दोब्बर गर्ने घोषणा गरेसँगै अष्ट्रेलियामा ठूलो असर पर्न सक्ने संभावना देखिएको छ। नयाँ शुल्कले अष्ट्रेलियाबाट अमेरिकामा निर्यात हुने स्टीलमा २५ प्रतिशतको सट्टा ५० प्रतिशत कर लाग्नेछ।
यो कदमले करिब $४१४ मिलियन मूल्यको स्टील निर्यातमा असर पार्नेछ, जसले 100,000 अष्ट्रेलियाली रोजगारी संकटमा पर्न सक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजलाइ ट्रम्पसँग प्रत्यक्ष छलफल गर्न दबाब परेको छ। विपक्षले स्थानीय रोजगारी र उद्योग जोगाउन सरकारलाई कडा कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
अष्ट्रेलियन स्टील इन्स्टिच्युटका प्रमुख मार्क केनले स्टीलको बजारमा सस्तो विदेशी उत्पादनको बाढी आउन सक्ने चेतावनी दिएका छन ।अष्ट्रेलिया डम्पिङको गन्तव्य बन्न सक्ने उनले बताएका छ्न ।
व्यापार मन्त्री डन फारेलले अमेरिकी शुल्कलाई “अनुचित र मित्रवत नभएको” जनाएका छ्न ।उनले अष्ट्रेलियाको हितको रक्षा गर्न निरन्तर वार्ता गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छ्न ।
एक अमेरिकी अदालतले ट्रम्पको पहिलेको करलाई असंवैधानिक ठहर गर्दै रोकेको थियो। तर ट्रम्प प्रशासनले त्यो निर्णयविरुद्ध अपील दर्ता गरिसकेको छ।
अहिले अष्ट्रेलियाले १०% आधारभूत कर तिर्दै आएको छ, तर अबको नयाँ घोषणाले प्रतिस्पर्धामा ठुलो चुनौती ल्याउने अवस्था देखिएको छ ।





