जुलाई १ देखि, अस्ट्रेलियामा tourist भिसा र ४८५ भिसा भएकाहरूले अब विद्यार्थी भिसा आवेदन दिन सक्ने छैनन्। यो नयाँ नियम अस्थायी भिसा होल्डरहरूलाई अनिश्चितकालसम्म आफ्नो बसाइ लम्ब्याउन दिने ‘भिसा हपिङ’ समाप्त गर्नका लागि लागू गरिँदैछ। गृह मामिला मन्त्री क्लेयर ओ’नीलले बुधबार एक प्रेस विज्ञप्ति मार्फत यो परिवर्तनको घोषणा गरेकी हुन्।
गत वर्ष जारी गरिएको आप्रवासन रणनीतिमा ‘भिसा हपिङ’ समाप्त गर्न जोड दिइएको थियो भने यो प्रणालीले विद्यार्थी र अन्य अस्थायी भिसा होल्डरहरूलाई लगातार आफ्नो बसाइ लम्ब्याउन अनुमति दिएको थियो।
२०२२-२३ मा, अस्ट्रेलियामा दोस्रो वा थप विद्यार्थी भिसामा बसेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या ३० प्रतिशतले बढेर १,५०,००० भन्दा बढी पुगेको थियो।
अस्ट्रेलियाका प्रख्यात जनसांख्यिक विज्ञ पिटर म्याकडोनाल्डले, देशभित्रै भिसा आवेदन संख्या घटाएर ‘भिसा हपिङ’लाई कडा रुपमा नियन्त्रण गर्दा जनसंख्या वृद्धिलाई व्यवस्थापन गर्न मद्दत पुग्ने बताउनुभएको छ।
सरकारले यस समस्यालाई समाधान गर्न पहिले नै केही कदम चालेको छ, जस्तै Tourist भिसामा ‘नो फरदर स्टे’ condition र मार्चमा लागू गरिएको ‘जेनुइन स्टुडेन्ट’ requirement ले गर्दा हजारौं विद्यार्थीहरूलाई credibal कोर्स मा कुनै प्रोग्रेसन नभई विद्यार्थी भिसा परिवर्तन गर्न रोकेको छ।
जुलाई १ देखि, अल्बानीज सरकारले के के दुई महत्त्वपूर्ण परिवर्तनहरू लागू गर्दैछ त:
अब अस्ट्रेलियामा रहँदा tourist visa holder हरु ले विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्। यो pathway मार्फत जुलाई २०२३ देखि मे २०२४ सम्म ३६,००० भन्दा बढी आवेदन परेका छन्।
अस्थायी ग्रेजुएट भिसा होल्डरहरूले पनि अब अस्ट्रेलियामा रहँदा विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्। ग्रेटन इन्स्टिच्युटको रिपोर्ट अनुसार, ३२% अस्थायी ग्रेजुएट भिसा होल्डरहरू आफ्नो भिसा समाप्त भएपछि आफ्नो बसाइ लम्ब्याउन पुन: अध्ययन गर्न फर्किरहेका छन्। यस परिवर्तनले ग्रेजुएटहरूलाई सीपयुक्त जागिर खोज्न, स्थायी बसोबासकर्ता बन्न, वा देश छाड्न प्रोत्साहित गर्दछ।
साथै, जुलाई १ देखि अस्थायी ग्रेजुएट भिसा होल्डरहरूका लागि shorter पोस्ट-स्टडी
Work right , age imit ५० बाट घटाएर ३५ वर्ष, र higher english requirement लागू गरिनेछ।
यी परिवर्तनहरूले विदेशबाट आउने आप्रवासन दर घटाउन मद्दत पुर्याउनेछ,। सरकारले अर्को आर्थिक वर्षसम्म यसलाई घटाएर आधा बनाउने लक्ष्य राखेको छ।