सवारी चालक अनुमतिपत्रमा अनियमितता: तीन कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारले विज्ञप्ति जारी गर्दै, तत्कालिन कम्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रमा कार जीप र डेलिभरी भ्यानको अनुमति थपेर विवरण परिवर्तन गरी प्रणालीमा समेत परिवर्तन गरी अद्यावधिक गरी गराई दिएको आरोपमा विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको जानकारी दिएको छ ।

अख्तियारले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको जनाएको छ ।

अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “प्रक्रियागत पारदर्शिता भंग गरी सरकारी प्रणालीको दुरुपयोग गर्ने यस्ता कार्यहरूमा आयोगले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउनेछ।”

Advertisement