अस्ट्रेलियाको फार्महरुमा अवैध कामदारको खोजीमा यहाको बोर्डर फोर्सले तीनदिने अपरेसन चलाएको छ ।
जसमा कयौं गैरकानुनी कार्यहरुको तथ्य पाएको बोर्डर फोर्सले जनाएको छ । बोर्डर फोर्सद्वारा स्थानीय प्रहरी समेतको सहयोगमा २० भन्दा बढी व्यवसायिक संस्थाहरूको भ्रमण गरिएको थियो । एविएफका अनुसार उसले मुख्य गरि यी ठाउहरुमा कानुनी प्रावधान अनुरुप कामदारहरुले सेवा सुविधा नपाएको ,उनीहरुले काम गर्ने अधिकार लगायतमा केन्द्रित रहेर छानविन गरेको थियो ।
यस क्रममा कयौं ठाउमा काम गर्ने अधिकार नै नभएका व्यक्तिहरुलाई पनि गैरकानुनी रुपमा काममा समावेश गरिएको पाइयो । यस क्रममा ३ जना गैरकानुनी कामदार फेला परेको एविएफले बताएको छ । उनीहरु कार्यस्थलमा नै बस्दै आएको समेत पाइएको थियो । यसमध्ये एकजनालाई तत्कालै देश छाड्न आदेश दिइएको थियो । यस्तो गैरकानुनी कार्यमा संलग्न संस्थाहरूलाई जरिवाना समेत तिराईएको छ । प्रहरी अधिकारि मिलाटी स्मीथले क्रेन्समा गरिएको अपरेसनले यस्तो कार्य अन्त्य पनि भएको हुनसक्ने सम्भावना देखाएको छ । र , अनुगमनलाई अझै बढाउनुपर्ने आवस्यकता भएको बताएका छन् ।





