‘अस्ट्रेलियाको प्रतिष्ठित ‘इमार्जिंग प्रोड्युसर प्लेसमेन्ट कार्यक्रम २०२५’ मा नेपाली युवा सबिन ज्ञवाली चयन’

न्यु साउथ वेल्स राज्य सरकार अन्तर्गतको स्क्रिन एनएसडब्लुले सन् २०२५ का लागि घोसणा गरेको इमर्जिंग प्रोड्युसर प्लेसमेन्ट नेपाली मुलका सबिन ज्ञवालीले स्थान पाएका छन् ।
उनि संगै यो बर्षका लागि छनोट हुनेहरुमा अलेक्जेन्डर पेटारस र फ्रान्सिसक बेथवेट रहेका छन् । स्क्रिन एनएसडब्लुद्वारा सार्वजनिक सूचना अनुसार ,यो कार्यक्रम उदाउदा तथा प्रतिभासाली निर्माताहरुलाई ब्यबसायिक अनुभवको विकास गराउन, उधोगका अनुभवी व्यक्तिहरुसंग संजाल विस्तार गराउन र न्यु साउथ वेल्सको स्क्रिन उधोगलाई थप समृद्व बनाउने उद्वेस्यका साथ सुरु गरिएको हो ।

उपाधि हासिल गरेसंगे उनले ३५ हजार अस्ट्रेलियाली डलर समेत प्राप्त गरेका छन ।
कार्यक्रम अन्तर्गत छनोट भएका सबै प्रतिभाहरुले स्क्रिन एनएसडब्लु र स्थानीय फिल्म, टेलिभिजन निर्माण कम्पनिहरुसंगा प्रत्यक्ष रुपमा सहकार्य गर्ने अवसर पाउछन ।
कार्यक्रममा १२ महिनासम्म अवधिका लागि तालिम, सहकार्य र परियोजनामा व्यावसायिक संलग्नता हुनेछ ।

spot_img

डेढ दसकदेखि सिड्नीमा बस्दै आएका ज्ञवाली नेपाली चलचित्र ‘दोख’ का निर्माता पनि हुन् भने ‘ऋतु ‘ ‘विनर’ ‘लप्पनछप्पन ‘लगायतका केहि सुपरहिट नेपाली चलचित्रमा लाइन प्रोड्युसरको रुपमा कार्यरत रहिसकेका छन् ।
सबिन ज्ञवालीको यो सफलता अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका प्रवासी नेपाली समुदायका लागि गर्वको विषय बनेको छ ।
उनि अब अस्ट्रेलियाको स्क्रिन उधोगमा नया पहिचान बनाउदै अघि बढ्ने निस्चित देखिन्छ् । एनएसडब्लुले यो कार्यक्रम विभिन्न पृष्टभूमिका प्रतिभाहरुलाई समेत प्राथमिकता दिदै आएको छ,जसमा सास्कृतिक आदिवासी , भाषिक,छेत्रीय अपांगता भएका सदस्यहरु समेत समावेस हुदै आएका छन ।

यो कार्यक्र्म नेपालि युवा तथा सिर्जनसिल प्रतिभाहरुका लागि अन्तरास्ट्रिय जगतमा एक सुनौलो अवसरको ढोका बनेको छ ।