अस्ट्रेलियाली राहदानी संसारको सबैभन्दा महँगो बन्न लागेको छ, जसको मूल्य लगभग ४०० अमेरिकी डलर पुगेको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजको श्रम सरकारले यस वर्ष दोस्रो मूल्य वृद्धिको घोषणा गरेका छ्न ।गत जनवरीदेखि राहदानीको मूल्य कुल ३२५ डलर बाट बढेर ३४६ डलर पुगेपछी अस्ट्रेलियालि राहदानी संसारकै सबैभन्दा महँगो बन्न पुगेको हो।
जुलाइ १ देखि मुल्यमा थप १५ प्रतिशतले वृद्धि भई ३९८ डलर पुग्ने छ ।
shadow Foregin Affairs Minister साइमन वर्मिङ्ले “यो वृद्धि को अर्थ अस्ट्रेलिया ले संसारको सबैभन्दा महँगो पासपोर्टको लागी तिर्नुपर्ने बताए।”
त्यसैगरी वित्तमन्त्री जिम चाल्मर्सका अनुसार राहदानीको मूल्य वृद्धि गर्नु को मुख्य उदेश्य भनेको नै हाम्रो राहदानी प्रणालीमा सुधार ल्याउनु र तिनीहरूलाई अझ बलियो बनाउनु रहेको र विशेष गरी मानिसहरूको सुरक्षा र पहिचानमा हुने खतराहरू लाई कम गर्ने कुरामा मुख्य ध्यान दिएको कुरा बताए।