NPCCA को आयोजनामा रक्तदान कार्यक्रम हुने

NPCCA ( Nepalese People Coordinations Committee Canberra /Queanbeyan) को आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ।यहि मिति ७ र ८ जुन तारिखका दिन अस्ट्रेलियाको राजधानी क्यान्बेरामा हुन लागेको रक्तदान कार्यक्रममा सम्पुर्ण उपस्तिथ भइ प्लाज्मा दान वा रक्तदान गरिदिनु हुन अनुरोध गरिएको छ।

अस्ट्रेलियाका केही राज्यहरुमा पछिल्लो समय रगतको अभाव भइरहेको छ,उक्त अभाव लाइ परिपुर्ति गर्न यस रक्तदान कार्यक्रमले केही भुमिका खेल्ने आयोजक NPCCA का ललित मल्ल बताउनु हुन्छ।उक्त कार्यक्रममा ३५ जना भन्दा बढीले रक्तदान वा प्लाज्मा दान गर्न लाई आफ्नो नाम दर्ता गराइसकेका छन ।

कार्यक्रम तालिका

Date : Friday and Saturday 7/8 June 2024

Time : 10 to 4

Venue : Red Cross House Garran

किन जरुरी छ रक्तदान

तपाईंको एक युनिट ब्लडले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्छ । यसैले पनि हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न उचित हुन्छ । रगतलाई अरु हिसाबले बनाउन सकिंदैन न यसको कुनै अर्को विकल्प छ । शल्यक्रियाको क्रममा वा दुर्घटनापछि जब कुनै व्यक्तिको उपचार गर्नुपर्छ, उनीहरुलाई रगतको जरुरी हुन्छ । उक्त आवश्यकता तपाईंले दान गर्नुभएको रगतले परिपूर्ति गर्छ । त्यसैले यसलाई महादान भनिएको हो ।

रक्तदानको फाइदा

रक्तदान गर्नु पनि आफैंमा फाइदाजक छ । यसले खासगरी मुटुलाई स्वस्थ बनाइराख्न सहयोग गर्छ । साथसाथै अरुको मुटुको ढुकढुकी कायम राख्न पनि तपाईंको रक्तदान जरुरी हुन्छ ।

-रक्तदानले तपाईंलाई हृदयघात, स्ट्रोक जस्तो विरामीबाट सुरक्षित राख्छ । रक्तदान गरेपछि रगत पातलो हुन्छ, जो मुटुको लागि राम्रो मानिन्छ ।

-रक्तदानले शरीरमा आयरनको मात्रा सन्तुलित हुन्छ, जसले क्यान्सर र लिभरको समस्याबाट बच्नमा सहयोग गर्छ ।

-रक्तदान गर्नाले तपाईंको शरीरमा नयाँ रक्तकोषिका बन्छ, जसले तपाईंमा नयाँ उर्जा मिल्छ ।

-रक्तदानपछि हेपटाइटिस बी, सी, एचआईभी र केही रोगको परीक्षण गरिन्छ । अतः यस्ता संभावित रोगको शुरुमै पहिचान गर्न सहयोग हुन्छ ।

रक्तदानपछि हुने केही साइड इफेक्ट

रक्तदानपछि केही शारीरिक कमजोरी महसुस हुनसक्छ । कतिपयलाई चक्कर लाग्छ, वान्ता पनि हुन्छ ।

सुई लगाएको ठाउँमा दुखाइ महसुस हुन्छ । तर, बुझ्नुपर्ने कुरा त के भने यस्तो साइड इफेक्ट एकदमै कम मान्छेमा मात्र हुन्छ । साथै यी सबै कुरा एकदमै सामान्य हुन्छ, जो चाँडै निको भइहाल्छ ।

के हो त प्लाज्मा दान र यसका फाइदाहरु
हाम्रो शरीरमा ४ ओटा रक्त कोशीकाहरु हुन्छन सेतो रक्त कोष ,रातो रक्त कोष ,प्लेट्लेट्स र प्लाज्मा रहेका हुन्छन् ।
प्लाज्मा दान गर्दा प्लाज्मा लाई मात्र अलग गरि बाकी रहेको रक्तकोशिका हरु Donor लाई नै दिइन्छ।
प्लाज्मा ले चोटपटक लागेको घाउहरु भर्न निकै ठूलो भुमिका खेलेको हुन्छ भने हेमोफिलिया ,प्राइमरी इम्युनोडेफिसियन्सी,जलेको र गम्भीर रुपमा कलेजो रोग भयेका मानिसहरु लाई प्लाज्मा दिइन्छ। यस्ले बिरामीको रगत को मात्रा बडाउन मदत गर्दछ र रगत लाई बग्न नदि रक्तस्राव लाई पनि रोक्छ । प्लाज्मा दान ले बिरामीहरु लाई उच्च जोकिमबाट बचाउन सकिन्छ।

कस्ता व्यक्तिबाट प्लाज्मा निकाल्न उपयुक्त हुन्छ?

संक्रमणबाट निको भइसकेको मानिसको शरीरमा कोरोनासँग लड्ने एन्टिबडी(प्रोटिन) बनिसकेको हुन्छ। हामीले त्यही एन्टिबडी निकाल्ने हो। नयाँ संक्रमित व्यक्तिलाई त्यो एन्टिबडी दिएपछि भाइरससँग लड्ने काम गर्छ र बिरामीलाई सिरियस बन्न दिँदैन।

तर, त्यसो भन्दैमा सबैले प्लाज्मा दान गर्न मिल्दैन। यसका केही मापदण्डहरू बनाइएका छन्। कोभिडबाट निको भएको दुईसाता हुनुपर्छ। दुईवटा पीसीआर नेगेटिभ हुनुपर्छ। पहिलाको डकुमेन्टेड पीसीआर परीक्षण भएको हुनुपर्छ। बढीजसो पुरूषबाट प्लाज्मा लिने भनिएको छ। किनभने यसले उल्टो प्रतिक्रिया कम गर्छ भन्ने विश्वास छ। बच्चा जन्माइनसकेका महिलाबाट पनि प्लाज्मा निकाल्न मिल्छ। बच्चा पाइसकेका महिलाबाट लिँदा ‘रिएक्सन’ गर्ने सम्भावना बढी हुन्छ। १८ वर्ष भन्दा माथिका उमेर समूहका व्यक्तिबाट प्लाज्मा निकाल्ने मापदण्डहरू तोकिएका छन्।