अमेरिकन मेडिकल एसोसिएसन पेडियाट्रिक्सको जर्नलमा प्रकाशित हालैको एक अध्ययनले अष्ट्रेलियाका बच्चाहरूले स्क्रिनमा अत्याधिक समय बिताइरहेका कारण दैनिक एक हजार भन्दा बढी बोलिचालिका शब्दहरू गुमाउँदै छन् भनि पत्ता लगाएको छ । दुई वर्षको अवधिमा गरिएको उक्त अध्यनमा २२० परिवारहरूले उनीहरूको १२ देखि ३६ -महिनाका बच्चाहरूको वरिपरि वाक्य प्रस्फुटन र पहिचान विशलेषण गर्न १६ घण्टाको अडियो रेकर्डिङ प्रविधि प्रयोग गरिएको थियो।
बढ्दो स्क्रिन समयका कारण प्रत्येक मिनेटमा तीन वर्षका बालबालिकाहरूले सात भन्दा कम शब्दहरू सुन्ने गरेको , पाँचले कम बोलेको र एकले कम कुराकानीमा सहभागि भएका को कुरा एक अद्य्ययनले बताएको छ । उक्त उमेर समूहको लागि औसत दैनिक स्क्रिन एक्सपोजर समय अवधि दुई घण्टा ५२ मिनेट रहेको थियो, जसको परिणामस्वरूप ११३९ वयस्क वाक शब्दहरू सुन्न नसकेको, ८४३ बाल शब्दहरू सुन्ने अवसर गुमाएको र १९४ कुराकानीहरू बाट बन्चित भएका थिए। स्क्रिन टाइम र बच्चाहरूसँग अभिभावकीय अन्तरक्रियाहरू अवस्था जाँच्ने यो अध्ययन अभिभावकहरुको लागि निकै नै उपयोगि भएको बिज्ञहरुको ठहर रहेको छ किनकी यसले भाषा सीपहरूमा स्क्रिन टाइमको प्रतिकूल प्रभाव र बच्चाहरुको प्रारम्भिक विकास क्रममा भाषा-समृद्ध गर्न घरको वातावरणको महत्त्वलाई उल्लेख गरेको छ